भारतको छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

Sharing is caring!

साउन २१, २०७५ । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।

सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् ।

सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।

यही महिनाको सुरुमा छत्तीसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

नक्सलविरोधी अभियान सम्बन्धी विशेष महानिर्देशक डिएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शब प्रहरीले बरामद गरिएको बताउनुभयो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *