बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घट्ने

Sharing is caring!

साउन १०, २०८० । बागमती प्रदेशले भोलि बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपञ्चात प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने भएको छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै ट्याक्सी बाहेक सार्वजनिक यातायात ले १९ रुपैयाँ भाडा लिने गरेको थियो । बिहीबारदेखि १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *