प्रसारण लाइनले प्याराग्लाइडिङ विस्थापित

Sharing is caring!

बैशाख २५, २०७६ । स्थानीयले विरोध गरे पनि धरानस्थित विष्णुपादुका क्षेत्रमा रोकिएको कोशी कोरिडोर (२२० केभी) प्रसारणलाइन आयोजनाको काम प्रारम्भ भएको छ । आयोजना शुरू हुँदा विष्णुपादुकाको कृषि क्षेत्रसहित पर्यटकीय गन्तव्य बन्दै गरेको प्याराग्लाइडिङ उडानका क्षेत्रहरूलाई भने प्रभावित बनेको छ ।

सो क्षेत्रमा अहिले प्याराग्लाइडिङ व्यवसायीको करोडौं रुपैयाँको लगानी बालुवामा पानी हालेजस्तो भएको छ । विष्णुपादुकाको चिण्डे डाँडा र गोर्खा स्मृतिपार्कको डाँडाबाट धरानको बुढासुब्बा प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान गर्दै आएको छ । त्यस क्षेत्रमा प्रसारण लाइनको विस्तारले प्याराग्लाइडिङ उडान गर्न नसक्दा व्यवसायीहरू विस्थापित हुने अवस्था आएको व्यवसायी रामकुमार राईको भनाइ छ ।

उनले भने, ‘प्रसारण लाइनको क्षेत्रमा पस्न मिल्दैन, त्यसलाई डेन्जर जोन भनिन्छ, त्यसलाई मार्ग बनाउन सकिँदैन, टर्न प्वाइन्टहरू हाइटेन्सनबाटै गएकाले समस्या छ ।’ हाइटेन्सन विस्तार गरिएका क्षेत्रमा ३ वर्षअघि अन्तरराष्ट्रिय स्तरको प्याराग्लाइडिङ एकुरेसी क्रस कन्ट्री प्रतियोगिता गरिएको थियो । अब भने त्यस्ता प्रतियोगिता गर्न नमिल्ने भएको छ ।

पछिल्लो समय पूर्वमा प्याराग्लाइडिङको लागि धरान हब बन्दै गएको छ । प्रत्येक दिन धरानको आकाशमा प्याराग्लाइडिङको मज्जा लिन अन्तरराष्ट्रिय पर्यटकहरू पनि आउने गरेका छन् । उदयपुरको बेलका नगरपालिकामा प्याराग्लाइडिङको तालीम केन्द्र सञ्चालन र पाइलटका लागि तालीम पनि शुरू भइसकेको छ । एकातिर प्याराग्लाइडिङका लागि व्यावसायिक पाइलटहरू उत्पादन गरिँदै छ भने अर्कोतिर व्यवसाय विस्थापित हुने अवस्थामा पुगेको छ ।

खेलकुद विकास समिति र प्याराग्लाइडिङ संस्थाहरूको पहलमा उदयपुरको बेलका नगरपालिकादेखि धरानको विष्णुपादुका, महाभारत डाँडा हुँदै उत्तरी मोरङसम्म १५० किलोमिटरमा प्याराग्लाइडिङका लागि अनुमति दिइएको छ । तर, धरानको विष्णुपादुका हुँदै महाभारत डाँडामा कुनै प्याराग्लाइडिङ उडान गर्न जोखिमपूर्ण रहेको राईको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोर प्रसारण लाइनले धरान–२० स्थित विष्णुपादुका क्षेत्रलाई प्रभावित गर्ने भन्दै स्थानीयले विगत ४ महीनादेखि अवरोध गरेका थिए । राज्यको अघि स्थानीय जनता निरीह हुनुपरेको वडा नम्बर २० का अध्यक्ष मणिकुमार राईको गुनासो छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *