प्रविधिको सदुपयोगबाट चम्किएका युवा: फरक गर्ने चाहनाले बनायो उद्यमी

Sharing is caring!

जेठ ३, २०७६ । तपाईंंको हातमा मोबाइल छ ? छ भने अब ढुक्क हुनुहोस् । तपाईंले एक क्लिकबाट घरमै बसीबसी सहजै सबै काम गर्न सक्नुहुनेछ । भोक लाग्यो, कहीँ जानुपर्‍यो, बिजुलीको बिल तिर्नुपर्‍यो, बस/जहाज वा फिल्मको टिकट किन्नुपर्‍यो, लुगा धुनुपर्‍यो, कि घरमै बसेर किनमेल गर्नुपर्‍यो ?

हो, पछिल्लो समय सृजनशील र परिश्रमी युवाले प्रविधिको सदुपयोग गर्दै तपाईंंको जीवन सहज बनाउने कोशिश गरिरहेका छन् । इन्टरनेट र प्रविधिको प्रयोग गरेर उनीहरूले सानै उमेरमा आफ्नै बलबुतामा व्यवसायी बन्ने कोशिश गरेका छन् ।

पढेलेखेका युवाकै सक्रियतामा तपाईंंका लुगा धुने ‘नेपाली धोबी’को जन्म भएको छ । घरमा बसीबसी होटलको खाना खान मन लागेमा ‘फुडमान्डु’को उपयोग गर्न सकिन्छ । मिठो पकाउने कला भए घरमै पकाएर बेच्न सकिने प्लेटफर्म ‘फुडमारियो’ले ल्याएको छ ।

बिल तिर्न ई–सेवा, केकका लागि ‘केक सेवा’, कवाडी सामान बेच्न ‘खाली सिसी’, जागिर/कर्मचारी चाहिए ‘मेरो जब’जस्ता अनलाइन माध्यमको प्रयोग गर्न सकिन्छ । ट्याक्सी सेवाका लागि ‘सारथि क्याब’, मोटरसाइकल ट्याक्सीका लागि टुटल, सामान किनमेल गर्न ‘स्मार्ट डोको’ अनि बिजुली, खानेपानी, मुभी टिकट, रिचार्ज कार्ड, इन्टरनेट महसुल, प्लेन र गाडीको टिकट काट्न ‘खल्ती वालेट’को प्रयोग गर्न सकिन्छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *