प्रदेश २ को राजधानीबारे चर्काचर्की

Sharing is caring!

भदौ २२, २०७६ । प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो ।

बैठकमा प्रदेशको राजधानी र नामबारे परेको प्रस्तावमा छलफल थालिएपछि सांसदहरूले आआफ्नै विचार राखे। भदौ ५ को प्रदेशसभाले नाम र राजधानीको प्रस्ताव ल्याउन बाध्य पारेपछि दल र सांसदहरुले आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए।

सभामुख सरोज यादवले बैठक प्रारम्भलगत्तै प्रदेशको राजधानीको प्रस्तावमा छलफल थालेका थिए। नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ को राजधानी जनकपुरसहित सिंगो धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव संसदमा पेस गरे। उनका प्रस्तावका नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद बेंची लुगेलीले समर्थन जनाए। नेकपाका सांसद मण्डलले जनकपुरलाई मात्र राजधानी बनाउँदा यसले चाप थेग्न नसक्ने भएकाले सिंगो धनुषा जिल्लालाई नै प्रदेश २ को राजधानी बनाउनुपर्ने माग गरे।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले जनकपुरको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र राजनीति योगदान रहेकाले जनकपुर उपमहानगर क्षेत्रलाई राजधानी तोक्नुपर्ने प्रस्ताव पेस गरे। उनको प्रस्तावमा कांग्रेसका सचेतक उपेन्द्र कुशवाहा, सरस्वती चौधरी र नरेशकुमार यादवले समर्थन जनाए। संसदीय दलका नेता यादवले जनसंख्या, भुगोल, पूर्वाधार, ऐतिहासिक र सांस्कृतिक महत्वले जनकपुर प्रदेश २ को राजधानी उपयुक्त रहेको तर्क गरे। राजर्षी विश्वविद्यालय, अस्पताल, एयरपोर्ट, चिल्लो सडक र अन्य पूर्वाधार थपिँदै गएकाले जनकपुरलाई राजधानी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो।

वीरगन्जलाई राजधानी बनाउनुपर्ने छुट्टै प्रस्ताव पेस गरेका सत्तासीन समाजवादी पार्टीका सांसद सिंगासन साह कलवारले मधेस आन्दोलनमा ठूलो भूमिका रहेकाले वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गरे। उनको प्रस्तावमा सांसद प्रल्हाद गिरी, करिमा बेगम, जनत अन्सारी र भीमा यादवले समर्थन गर्दै जनकपुरभन्दा वीरगन्ज नै प्रदेश राजधानीका लागि उपयुक्त रहेको तर्क गरे। वीरगन्ज राजधानी हुनुपर्ने छुट्टै प्रस्ताव पेस कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मधेस आन्दोलनको केन्द्रविन्दु वीरगन्ज रहेकाले राजधानी त्यही हुनुपर्ने प्रस्ताव गरे। उनको प्रस्तावलाई कांग्रेसकै सांसद शंकर चौधरीले समर्थन जनाए।

सत्तासीन दल समाजवादी पार्टी र राजपाको संयुक्त प्रस्ताव पनि प्रदेशसभाको बैठकमा छलफल भएको छ। सत्तासीन दुबै दलले प्रदेशको राजधानी धनुषा–महोत्तरी हुनुपर्ने प्रस्तावमा छ। सत्तासीन दलको प्रस्तावमा सञ्चमाया मोक्तान र सुरिता साहले समर्थन जनाएको छ। प्रदेशसभाको अर्को बैठकमा प्रदेशको नामबारे छलफल हुने कार्यसूची छ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *