प्रचण्डले दुई देशको औपचारिक निमन्त्रणामा भारत जानुहुँदै, फर्केपछि चीन

Sharing is caring!

भदौ २०, २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई देशको औपचारिक निमन्त्रणामा भारत र चीनको भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ ।

दुवै देशका सरकार प्रमुखले आफूलाई भ्रमणको निमन्त्रणा दिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले दुई छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारका लागि आफ्नो भ्रमण भइरहेको दावी गर्नुभयो ।

भारत र चीन भ्रमणको पूर्व सन्ध्यामा आफ्नो निवास मंगलवार पत्रकारसँग कुरा गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको समेत बताउनुभयो ।

दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ, उहाँले भन्नुभयो, दुवै देशसँग आर्थिक विकासका मोडेलमा कुराकानी हुनेछ ।’

अध्यक्ष प्रचण्ड भदौ २१ गतदेखि २४ गतेसम्म भारतको भ्रमण गर्नुहुनेछ भने असोज १ गतेदेखि एक हप्तासम्म चीनको भ्रमण गर्ने उहाँको नीजि सचिवालयले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *