पुष २७ गते अघिनै सभामुखको नाम टुँगो लगाउँछौं: दिनानाथ शर्मा

Sharing is caring!

पुस २१, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन् ।

आज राजधानीमा आयोजित एक कार्यर्क्रम बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् । उनले भने,‘अहिलेपनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ, हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ । संविधानले पनि सभामुख र उपसभामुख भीन्न दल र भीन्न लिङ्गको

उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे । उनले भने,‘हामी पुष २७ गतेभित्रै यो सबै कुराको टुँगो लगाउँछौं । जो भएपनि नेकपाकै हुनुहुन्छ ।’ उपसभामुख प्रतिपक्षी दललाई दिनेपनि उनले जनाए । उनले भने,‘अहिले यसबारेमा छलफल हुँदैछ । हामी सहमतिअनुसारनै अघि बढ्छौं ।’

उनले नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोहीपनि नभएको जिकिर गरे । उनले भने,‘पूर्व एमाले वा पूर्व माओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन् । मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें । यदि कोही नेताहरुसँग यो कुरा छ भने तपाईहरुले पनि डिलिट गर्नुहोस् ।’ उनले पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्तिकेन्द्रित छलफल नभएको स्पष्ट पारे ।

शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्धयबीच छलफल भैरहेको छ । उहाँहरुले दुई तीन मिनेटमै टुँगो लगाउने भन्नुभएको छ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ । यसमा कुनै समस्या छैन् ।’

उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जिकिर गरे । उनले भने,‘हामी सबैसँग छलफल गरिरहेका छौं । एउटा निश्कर्षमा पुग्छौं ।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुःखेसो छ । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे ।

उनले नेताहरुले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रुपमा नलिएको पनि जिकिर गरे । उनले भने,‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ । आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ । सभामुख चयनमा उहाँले कुनै चासो राख्नुभएको छैन् । यो संसदको चासोको विषय हो । अब सभामुख चयन प्रक्रिया लम्बिँदैन् । यसमा राष्ट्रपतिको कन्र्सन छैन् ।’

शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन् ।’ एमसीसी पारित हुने उनले विश्वास दिलाए । उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *