पुष्पलालकै वैचारिक धारमा गणतन्त्र आएको गजुरेलको दाबी

Sharing is caring!

असार १५, २०८० । पुष्पलाल अध्ययन केन्द्रले पुष्पलाल जन्म शताब्दी समारोह समिति बनाई विविध कार्यक्रम गर्ने भएको छ । अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको हो । पुष्पलालको जन्मजयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्यान जसिगथ सिथगनथगथगगिथथ आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई छ । पुष्पलालले आफ्नो जीवनकालमा जेजति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रसंशा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ ।
‘माओकै समयमा गएर विचारको विकास अवरुद्ध भयो । ८० वर्षको उमेर हुँदा माओ बोल्न सक्नुहुँदैनथ्यो ।

उहाँले बोलेको कुरा सुनिँदैन थियो । तर, पनि उहाँ नेतृत्वमा रहनुभयो । पछिल्ला दिनहरुमा जब आफू क्रियाशील हुन सक्दैन, आफ्नो भूमिका प्रभावकारी हुँदैन, वैचारिक राजनीतिमा योगदान हुँदैन भने त्योबेला विकल्पतिर जानुपर्ने र सोच्नुपर्ने मलाई लाग्छ । माओको जीवनकालको उत्तराद्र्धमा वैचारिक भराजनीतिक अवरुद्ध हुँदा कम्युनिष्ट आन्दोलन बरालियो,’– उनले भने ।

पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिलेको यही तौरतरिका, विचार, नीति, आचरण र क्रियाकलापले अबको कम्युनिष्ट आन्दोलन समाजवाद र साम्यवादसम्म पुग्नेमा आशंका जन्मिएको उनको भनाई छ । विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *