नेपाली स्वाभिमान झुक्ने कुनै पनि निर्णय सरकारले गरेको छैनः राज्यमन्त्री बाँस्कोटा

Sharing is caring!

जेठ १, २०७५ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकलप्रसाद बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मन दुख्ने र नेपाली झण्डा एंव स्वाभिमान झुक्ने कुनै पनि निर्णय सरकारले नगरेको प्रष्ट पार्नुभएको छ ।

अनेरास्ववियु काभ्रे जिल्ला कमिटी र अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीले संयुक्तरुपमा आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “ नाकाबन्दी लगाइएका बेला उचित शब्द उच्चारण गर्न नसक्नेहरूले अहिले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर सरकारको आलोचना गर्नुको कुनै अर्थ छैन ।”

राज्यमन्त्री बाँस्कोटाले नाकाबन्दीको तत्कालीन अवस्थामा आफ्नौ पार्टीले त्यसको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै सरकारले छिमेकी राष्ट्रहरूसँग राख्ने सम्बन्ध र सम्झौताको वातावरणलाई धमिल्याउने काम नगर्न सबैमा आग्रह गर्नुभयो ।

सरकारले नेपाललाई अहित हुने कुनै पनि काम नगरेको बताउँदै उहाँले “रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने कुरा र त्यो पनि भारतीय सरकारकै लगानीमा बनाउने कुरा के नेपालको अहितमा हो ? हामीले माग गर्दै आएको डुवानको समस्या समाधान गर्नु के राष्ट्रघात थियो ? भनी प्रश्न गर्नुभयो । ”

राज्यमन्त्री बाँस्कोटाले प्रदेश नं. २ का मुख्यमन्त्रीले राखेको कुरा छिमेकी सम्बन्ध, परराष्ट्र मामिला सञ्चालनका दृष्टिकोण र नीतिहरू सरकारको राष्ट्र हित गर्ने नीतिलाई प्रतिविम्बित नगर्ने उल्लेख गर्दै त्यस विषयमा प्रधानमन्त्रीले समेत संसद्मा उभिएर खण्डन र अस्वीकार गरिसक्नु भएको बताउनुभयो ।

यातायात क्षेत्र जस्तै अब शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्ने पनि उहाँले बताउनुभयो ।

राज्यमन्त्री बाँस्कोटाले पार्टी एकताका बारेमा सञ्चारकर्मीले पनि गलत प्रचार गरेको उल्लेख गर्दै त्यसो गर्नु स्यालको सिङ खोज्नु सरह भएको टिप्पणी गर्नुभयो ।

सो अवसरमा एमाले नेता एवं अनेरास्ववियुका पूर्वअध्यक्ष नारायण पाण्डेले माक्र्सवाद र लेनिनवादको दर्शनलाई अध्ययन नगरी जग्गा दलालीमा लागेर संगठनको विकास हुन नसक्नेतर्फ विद्यार्थी नेताहरूलाई ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *