नेपालको निर्वाचन प्रणाली महङ्गो र खर्चिलो भयो : उपेन्द्र यादव

Sharing is caring!

साउन ८, २०८० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौती ‘भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा यादवले नेपाल जस्तो अल्पविकसित मुलुकको निर्वाचन प्रणाली विकसित पुँजीवादी देशहरुमा भन्दा महङ्गो बन्दै गएकाले यसलाई बदल्न आवश्यक भएको बताए ।

उनले भने, निर्वाचन प्रणाली नेपाल जस्तो अल्पविकसित मुलुकमा विकसित पुँजीवादी देशहरुमा भन्दा महङ्गो प्रणालीले पनि राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । चुनाव लड्दा हुने खर्च पनि भ्रष्टाचार नै हो, यसकारण निर्वाचन प्रणालीलाई बदल्नु पर्छ । अहिलेको निर्वाचन प्रणाली धेरै महङ्गो र खर्चिलो छ । समाजवादको अवरोधको कुरा गर्ने हो भने, भ्रष्टाचार एउटा ठूलो बाधा हो । हामीले जुन व्यवस्था ल्याएको छौ, त्यो भ्रष्टाचारमै आधारित छ ।

अध्यक्ष यादवले नेपालमा श्रम गरेर आफ्नो परिवार पाल्न सक्ने अवस्था नरहेको भन्दै भ्रष्टाचार तलदेखि माथिसम्म संस्थागत हुदैँ गएको बताए ।

उनले आजको युगमा धनाढय वर्ग र कालाबजारियाहरु कम्युनिष्ट पार्टीका नेता बनेको आरोप पनि लगाए ।
उनले भने, आजको युगमा धनाढय वर्गहरु मैले चिनेको धेरै जसो कम्युनिष्ट भएका छन्, कालाबजारियाहरु मैले चिनेका जति कम्युनिष्ट पार्टीका नेता भईसकेका छन् । नारायणकाजीले समात्नु भएको धेरै जसो पनि कमरेड नै हुनुहुँदो रहेछ । हिजो दिन दुःखी कमरेडहरु आज धनाढ्य भैसक्नु भएको छ । अनि समाजवाद कहाँबाट आउँछ ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *