नेकपा बैठक: समृद्धिको यात्रामा सरकारलाई सघाउन निर्देशन

Sharing is caring!

जेठ १०, २०७५ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ ।

नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचार भएको पाइएमा कारवाहीका लागि सिफारिश गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताउनुभयो । उहाँले एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताउनुभयो ।

बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो । दुई दलबीच यही जेठ ३ गते एकता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *