दोहोरो अङ्कले घट्यो शेयर बजार

Sharing is caring!

मंसिर १३, २०७५ । आज धितोपत्र बजारमा शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १० दशमलव ३७ अंकले घटेर १ हजार १ सय ४८ दशमलव ७० को बिन्दुमा झरेको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव २१ अंकले घटेर २ सय ४४ दशमलव २३ को बिन्दुमा पुगेर बन्द भएको छ ।

स्टकका अनुसार आज कूल  १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर किनबेच गर्दा ३२ करोड २९ लाख ४७ हजार ९८३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सर्वाधिक कारोबार हुनेमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । जसको ५ करोड १९ लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने दोस्रो स्थानमा एनएमबि बैंक रहेको छ । जसको २ करोड ६७ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *