देश सिस्टममा चल्यो भने निराशाहरु आशामा परिणत हुन्छन् : सांसद पौडेल

Sharing is caring!

साउन २५, २०८० । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सिस्टममा अगाडी बढ्यो भने निराशाहरु आशामा परिणत हुने टिप्पणी गरेका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ का अवसरमा राष्ट्रिय यूवा परिषद्द्धारा आयोजित युवा र उद्यमशीलता विषयक बहस कार्यक्रममा उनले सुशासन एउटा कायम हुन सक्यो भने यो धेरै समस्याको हल हुने भन्दै देश सिस्टममा अगाडी बढ्यो भने निराशाहरु आशामा बद्लिने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ईमान्दार हुने प्रयास गरे सुशासन नभएकाले कारणले हामी भेग रुपमा छलफल गर्नुभन्दा सुशासन एउटा कायम हुन सक्यो भने यो धेरै समस्याको हल हुन्छ । देश सिस्टममा अगाडी बढ्यो भने निराशाहरु आशामा बढ्लिन्छ ।

उनले सुशासनलाई केन्द्रित गरेर सरकारले बजेट ल्याउन नसकेको गुनासो गर्दै भने, संसदमा बजेट विनियोजन शिर्षकमा छलफल गर्दा पनि भन्या थिए । बजेटमा नयाँ प्रोजेक्ट ल्याउनका लागि पैसा छैन् आर्थिक स्वाथ्यमा समस्या छ ।सुशासनलाई केन्द्रित गरेर सरकारले बजेट ल्याउन सकेको भए राम्रो हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *