त्रिविमा गोल्डमेडल पाउनेमा छात्रा धेरै

Sharing is caring!

पुस १७, २०७५ । त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै रहेको छ । विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने दीक्षान्त पदक यस वर्ष छात्राले धेरै पाएका हुन् । स्नातक र स्नातकोत्तरका सम्पूर्ण परीक्षामा छात्रा नै प्रथम भएका छन् ।  त्रिविले सोमबार एमफिल, स्नातकोत्तर र स्नातक तहको दीक्षान्त पदक एवं पुरस्कार प्रदान गरेको थियो ।

कुल ३१ पदक तथा पुरस्कारमध्ये १८ छात्राले प्राप्त गरेका छन् । स्नातकोत्तर र स्नातक तहका परीक्षाहरूमा प्रथम हुने विद्यार्थीलाई दिने पदक तथा पुरस्कारसमेत छात्राले नै प्राप्त गरेका छन् । स्नातकोत्तर तहमा रामपुर क्याम्पसकी छात्रा सुलोचना श्रेष्ठ र स्नातकको पदक नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सकी छात्रा स्वेच्छा जोशीले प्राप्त गरे । सुलोचनाको ९०.८८ र स्वेच्छाको ८८.०८ प्रतिशत छ । सुलोचनाले चान्सलरसहित तीन पदक प्राप्त गरिन् । त्रिविकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पछिल्ला वर्षहरूमा छात्राहरूले बढी मेहनत गर्ने गरेकाले नतिजा उत्कृष्ट हुँदै गएको बताइन् । केही वर्षयता विश्वविद्यालयमा छात्रभन्दा छात्राहरूको संख्यासमेत बढ्दै गएको छ । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *