तिहारमा लोडसेडिङ हुन्न: घिसिङ

Sharing is caring!

कात्तिक १५, २०७५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको अवधिमा विद्युत्‌को बढी माग हुने भए पनि लोडसेडिङ नहुने बताएका छन् । उनले तिहारको बेलामा विद्युत्‌को माग १ हजार २ सय ७० मेगावाट पुग्ने अनुमान रहेको उनले बताए ।

‘तर योभन्दा बढी विद्युत् माग भए पनि समस्या छैन,’ घिसिङले भने,‘अघिल्लो वर्षको भन्दा यो तिहारमा धेरै सजिलो अवस्थामा प्राधिकरण छ ।’ प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा घिसिङले कुनै प्राविधिक गडबढी हुँदाबाहेक अन्य अवस्थामा विद्युत् अवरुद्ध नहुने बताए ।

यो वर्ष कुलेखानीमा पानीको सतह १५ सय २६ मिटर पुगेको उनले जानकारी दिए । अरु बेलामा सामान्यतया १५ सय २४–२५ मिटरमा रहने पानी अहिले झन् बढेको छ ।

कुलेखानीमा पानीको सतह बढेका कारण पनि सुख्खायाममा प्राधिकरणलाई सजिलो हुने उनले बताए ।यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *