जेब्रा क्रसमा ठक्कर दिँदा एकको मृत्यु ,चारजना घाइते

Sharing is caring!

पुस २३, २०७५ । काठमाडौंको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार मृत्यु हुनेमा धुम्बाराहीकी सीता दाहाल रहेकी छिन् ।

घटनामा खोटाङकी १९ वर्षीय सपना राई, काटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् ।

घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने चालक र माइक्रोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *