चिसोबाट पीडित गरिवलाई कम्बल बितरण

Sharing is caring!

पुस २१, २०७६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिवलाई कम्बल बितरण गरेको छ ।

सोमबार कलैया उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा ५० भन्दा बढी परिवारलाई कम्बल बितरण गरिएको हो ।

तराई मधेसमा चिसो बढदै गएपछि पीडित गरिव परिवारलाई सहयोग पुग्ने गरी कम्बल बितरण गरिएको नेकपा बाराका सदस्य मुकेश साहले बताए ।

‘अहिले कलैया सहित तराई मधेसमा चिसो बढेको छ’ साहले भने, ‘गरिव परिवारलाई केही राहत पुगोस भन्ने उदेश्यले नेकपाले कम्बल बितरण गरेको हो ।’

कम्बल बितरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्धय बलविर चौधरी, ज्वालाकुमारी साह, जिल्लाका नेताहरु अमृत शर्मा बजगाइ, रबिन श्रेष्ठ, धुरी साह, मुकेश साह, जवाहिर अंसारी, उमेश यादव, रमेश साह, भदै राम, पुरुषोतम साह, रतन साह, रामअश्रे साह, राजम्हम्द मंसुर, इस्लाम मियां, संमसुदिन मिया, जादोलाल साह, राजेश साह, मोस्तकिम अंसारी, ललु मंसुर, राजेस्वर कुशवाहा, भिकारी साह, रमोद यादव, बिनोद गुप्ता, अजित कर्ण, किशोरी राउत, ब्रहम्देव कुशवाहा, मैशुदिन मिया, दुखा अंसारी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *