गण्डकी मेडिकल कलेजमा विधार्थीहरुको विरोध प्रदर्शन कायमै

Sharing is caring!

माघ २१, २०७५ । गण्डकी मेडिकल कलेज पोखराका विधार्थीहरुले आज पाँचौ दिन पनि आफ्नो विरोध प्रदर्शन कायम राखेका छन्  । २० करोडभन्दा बढी पैसाको घोटाला भएको दाबी गर्दै  विधार्थीहरु दिन दिनै आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

IOM( Institute Of Medicine) माहाराजगंजले २०७२ साल असार २ गते, MBBS पढ्नका लागि उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर, कलेजले विभिन्न शीर्षकमा पैसा थपी ५५ लाखसम्म उठएको विधार्थीहरुले आरोप लगाएका छन् । बढी पैसा तिरेको बिल माग्दा उल्टै कलेज  प्रशासनले फेल गराईदिने समेत विधार्थीहरुले गुनासो पोखे ।

त्यस्तै,आज करिब ५०० विधार्थीहरुले आफ्नो मोबाइलबाट एकैचोटी प्रधानमन्त्री, आई.ओ. एम. का डीन, सीडीओ र कलेज प्रिन्सिपल लगायतलाई SMS  पठाएका छन् । पाँच दिनदेखि  विधार्थीहरुले निरन्तर आन्दोलन गर्दा पनि यहाँका स्थानीय निकाय भने मौन देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *