कोरियन भाषा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Sharing is caring!

जेठ २७, २०७५ । रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगतको ९औं कोरियन भाषा परीक्षामा अरुको नाममा परीक्षा दिने ८५ जनालाई प्रक्राउ गरिएको छ ।

शनिबारबाट शुरु भएको भाषा परीक्षा पहिलो दिन नक्कली परीक्षार्थी पक्राउ परेको वैदेशिक रोजगार विभाग ईपिएस शाखा नेपालका सुचना अधिकृत शोभाकर भण्डारीले बताए । “विभिन्न परीक्षा केन्द्रमा गरीएको चेकजाचका क्रममा पक्राउ परेकालाई प्रहरीको जिम्मा लगाईएको छ ।” भण्डारीले कारोबारसँग भने, “नक्कली परीक्षालाई प्रचलित कानुन अनुसार कारवाई गरिने र कोरियन भाषा परीक्षामा निश्चित समय सामेल हुन नपाउने व्यवस्था छ ।”

कोरियन भाषा परीक्षा शनिबार र आईतबार गरेर ४ सिप्mटमा संचालन भईरहेको शाखाले जनाएको छ । पहिलो दिनको परीक्षामा काठमाडौ, ललितपुर र पोखरा गरेर ३७ हजार ७०३ जनाले परीक्षा दिएका थिए ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *