केशव स्थापित मन्त्रीबाट पदमुक्त

Sharing is caring!

कात्तिक १६, २०७५ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् ।

बुधबारको मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्रीसंग स्थापितको विवाद भएको थियो । स्थापितले सम्हालेका मन्त्रालयको कार्यसम्पादन राम्रो नदेखिएको विषयमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।

मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई पदबाट हटाईएको हो । स्थापितलाई हटाएपछि उनको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैँले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *