उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गरिदै

Sharing is caring!

साउन ४, २०७५ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गरिने  बताउनुभएको छ ।

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहुँच पुरयाउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।

आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।”

उपप्रधानमन्त्री यादवले  भन्नुभयो, राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अस्पतालले आजदेखि मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा आजदेखि शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *