आत्मआलोचनासहित आजबाट जनतामा गएका छौ : प्रधानमन्त्री दाहाल

Sharing is caring!

भदौ १६, २०८० । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको बताएका छन् ।

आज जनतासँग माओवादी : विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न आग्रह गरे ।

उनले भने, हामीले जनतालाई विस्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ । कमरेडहरु जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ति कमजोरीका लागि हामी आत्माआलोचित हुन चाहान्छौ । हामी सुध्रिन चाहान्छौ । त्यसका लागि अभियानसहित तपाइँहरुको घरदैलोमा छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *