आज कहाँ कहाँ हुन्छ भारी वर्षा

Sharing is caring!

साउन २६, २०८० । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । बिहानै देखि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ ।

त्यसैले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *