अस्थायी शिक्षकलाई पुनः परीक्षा नलिई सम्मानजनक विदाई गर्ने: मन्त्री पोखरेल

Sharing is caring!

बैशाख २५, २०७६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताएका छन् ।

आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले भने पुनः परीक्षा नलिई अस्थायी शिक्षकहरुलाई सम्मानका साथ विदाई गर्ने बताए ।

सरकारले लामो समयदेखि कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्न एक पटक परीक्षा लिएको थियो ।

यस अघि शिक्षक सेवा आयोगले २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भए । तर परीक्षामा अनुतिर्ण  अस्थायी शिक्षकहरुले स्थायी गर्नुपर्ने माग राख्दै पुन: आन्दोलन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *