असोज १० गतेबाट नयाँ नोट वितरण

Sharing is caring!

भदौ ३१, २०७६ । दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले योजना बनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *