अप्रेशन क्लिन चितवन अभियानमा ९३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

Sharing is caring!

असार ६, २०७६ । चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पारेका हुन् ।

जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । भने दोश्रो दिन बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको बताए ।

“चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न “अप्रेशन क्लिन चितवन अभियान” हो ।”

अप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफुले गर्ने उनको भनाई छ ।
अभियान अन्र्तगत एसपीले पक्राउ गरेका ती युवाहरु आफै काउन्सीलिङ्ग गर्नेदेखि चुल्टेहरुको कपाल काट्ने सम्मको काम गरेका छन् ।

अभिभावकहरुलाई समेत ध्यानमा नदिदा कसरी आफ्ना छोराछोरीहरु कुलतमा फसेका छन् भनेर सचेतना जगाउन अभियान सफल सावित हुने उनको दावी छ ।

“अभिभावकहरुले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।”

पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसगैँ यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गरेका छन् ।

पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ ।

जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ । भने यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *