शंकास्पद गहनासहित भारतीय पक्राउ

Share this news:

वैशाख २,  २०७५ । शस्त्र प्रहरीको राजस्व तथा भन्सार गुल्मले विदेशी रुपैयाँ र सुनचाँदीका गहनासहित एक भारतीयलाई पक्राउ गरेको छ । भारत, विहारका ४० वर्षिय राजेशकुमार शर्मा भारु १ लाख ३३ हजारसहित पक्राउ परेका हुन् ।

 उनका साथबाट करिब ४ लाख रुपैंयाँ बराबरका गहनासमेत बरामद भएको छ ।

जलेश्वर भन्सार कार्यालय नजिकैवाट शनिबार शर्मालाई पक्राउ गरिको सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले बताए । उनकै नेतृत्वको टोलीले भन्सारको प्रवेशद्वार नजिकै शर्माको ब्याग खानतलासी गर्दा बिग्रिएका ६ थान ताल्चा फेला परेका थिए ।
प्रहरी टोलीलाई शंका लागी सोधपुछ गर्दा उनले नातामा भाइ पर्ने जलेश्वरका विश्वेश्वर ठाकुरलाई भेटन हिँडेको बतताए । तर, सोधपुछ गर्दै जाँदा जलेश्वरमा शर्माले बताएअनुसार कुनै नातेदार नरहेको खुल्यो । त्यसपछि उनले विग्रेका ताल्चा बनाउन जलेश्वरमा हिँडेको जवाफ दिए । भारतको दरभंगाजस्तो ठूलो सहरबाट ताल्चा बनाउनकै लागि शर्मा जलेश्वर आएको प्रहरीलाई विश्वास लागेन ।
त्यसपछि थप खानतलासी गर्दा शर्माका साथबाट नगद र गहना फेला परेको प्रहरी निरीक्षक कोइरालाले बताए । उनका अनुसार शर्माको ब्यागमा इन्डिया बैकका छुट्टाछुट्टै नम्बरका १० थान ब्ल्यांक चेक र फरकफरक व्यक्तिका १ सय ३९ थान पासपोर्ट साइजका फोटोसमेत भेटिए ।
बरामद सामग्रीबारे भन्सार र सशस्त्रका आआफ्नै अनुमान र तर्क छन् । तर, शर्माले कतिपय प्रश्नको जवाफ दिनै नमानेको र दिएका जवाफ पनि संशयपूर्ण रहेकाले उनलाई थप छानबिनका लागि राजस्व अनुसन्धान विभाग काठमाडौं पठाइएको जलेश्वर भन्सारका प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जनाए । यो खबर आज को कान्तिपुरमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *