लोकसेवाको विज्ञापन विरुद्ध देशभरि प्रदर्शन

Sharing is caring!

साउन ३, २०७६ । लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आज पुत्ला दहन र प्रदर्शन भएको छ । तराई मधेस राष्ट्रिय परिषद्को अगुवाइमा भईरहेको ‘आरक्षण बचाउ आन्दोलन’ले उक्त प्रदर्शन गरेको हो ।

परिषद्को अगुवाइमा काठमाडौंलगायत देशभरि आयोगको असंवैधानिक विज्ञापन विरुद्ध प्रदर्शन भएको हो । आज प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला पनि दहन गरेको छ ।

लोकसेवा आयोगले गत असारमा स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

लोकसेवाको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर, सर्वोच्चले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भन्दै लोकसेवालाई परीक्षाको लागि बाटो खुलाई दिएको थियो ।

सो पदका लागि विज्ञापन गरेको आयोगले आजबाट परीक्षा शुरु गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *