यस वर्षको श्रावणी मेला (बोलबम) स्थगित्

Sharing is caring!

असार २१, २०७७ । यस वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको छ । बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आईतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित् गरिएको जानकारी गराएका हुन् ।

हिजो (शनिबार) बोल बम काँवरिया संघको कार्यालयमा संघका अध्यक्ष श्री रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित् गर्ने सर्वसम्मतीले निर्णय भएको बोल बम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिए । कोरोनाकै कारण आफुहरुले यो मेला स्थगित् गरेको गुप्ताले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल बम काँवरिया संघका अध्यक्ष रामआज्ञा रौनियार, उपाध्यष उमेशकुमार चौधरी, भोलेनाथ काँवरिया संघका कोषाध्यक्ष नरेश तिवारी, ॐ बोलबम कावरिया संघका कोषाध्यष कनहैयालाल ठाकुर र श्री पशुपतिनाथ काँवरिया संघका रामायण प्रसाद गुप्ता सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *