संसदीय सुनुवाइ समितिको सभापतिमा कर्ण निर्विरोध
असोज ७, २०७५ । संसदीय सुनुवाइ समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन् ।
समितिको आइतवारको बैठकमा सांसद अमृता थापाले उनको नाम प्रस्ताव गरेकी थिईन भने सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए ।
नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यसअघि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका थिए ।
नवनिर्वा्चित सभापति कर्ण राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सांसद हुन्।