संविधान संशोधन प्रक्रिया अगाडि नबढे समर्थन फिर्ता लिन्छौँ: यादव

Sharing is caring!

कात्तिक १३, २०७५ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, “संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”

राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो ।

सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए ।

प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे ।

प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिदै उनले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे । “बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *