रास्वपाबाट उपनिर्वाचनका लागि तीन वटै क्षेत्रमा उम्मेदवार

Sharing is caring!

चैत्र १८, २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैशाख १० गते हुने उपनिर्वाचनका लागि तीन वटै क्षेत्रमा उम्मेदवार घोषणा गरिएको छ ।

आज रास्वपाले बसुन्धारामा आयोजना गरेको पत्रकार सम्मेलन गरी चितवन क्षेत्र नं २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र बारा क्षेत्र नं २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

२०७९ मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछाने नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरेका थिए । कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै कांग्रेस छाडेका वाग्लेलाई तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बनाउन लागेको छ ।

रास्वपा बारा क्षेत्र नं २ का उम्मेदवार रमेश खरेल यस अघी नेपाल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र नं १ मा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *