यदुवंशी उत्थान समाजको प्रथम वार्षिकोत्सव काठमाडौंमा सम्पन्न

Sharing is caring!

जेठ १४, २०७६ ।  यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार भएको वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा वक्ताहरुले यदुवंशी उत्थान समाज कुनै एउटा जाति विशेषको मात्र नभई सम्पूर्ण जातजातिको धार्मिक संरक्षण गर्ने संस्था रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान बालबालिकाक तथा महिला विभाग प्रमुख, अभियान नेपालका संस्थापक अध्यक्ष र वरिष्ठ नागरिक समाजसेवी भुवन गिरीले समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यसैगरी, विशेष अतिथि सोतोकान कराते संघका संस्थापक अध्यक्ष हेम कुमार श्रेष्ठ, नेपाल यादव अखिल महिला संघकी संस्थापक अध्यक्ष शोभा कुमारी यादव र एनएफवाईसीसीका संस्थापक अध्यक्ष शितल प्रसाद यादवले समाजलाई शुभकामना दिएका छन् ।

कार्यक्रममा अतिथिहरु गोपाल सेवा समिति उपत्यका समितिका अध्यक्ष कमल कुमार यादव र अभियान नेपालकी सचिव शोभा गिरी, समाजका पदाधिकारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संस्थाको नाममा प्रदेश २ को सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं. ४ मा १८ धुर जग्गा नामसारी भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यसैगरी, धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. ६ मा मंगलरबार नै १ कठ्ठा जग्गा नामसारी भएको संस्थाका अध्यक्ष जीतन यादवले जानकारी दिए । सो जग्गामा पुस्तकालय निर्माण गर्ने अध्यक्ष यादवले बताए ।

वार्षिकोत्वसको अवसरमा समाजमा योगदान पुर्याएका सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाएर समानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सञ्चारकर्मी गोपाल यादव, मिना घोरसैने र विजय यादवलगायतका व्यक्तित्वहरु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *