भारतीय फिल्म इंडस्ट्रीका दिग्गज अभिनेता ऋषि कपुरको निधन

Sharing is caring!

बैशाख १८, २०७७ । भारतीय फिल्म इंडस्ट्रीका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

बुधवार राती ऋषि कपूरलाई सास फेर्न अप्ठ्यारो भएपछि ऋषिलाई मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो।। दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्। उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए ।

भारतीय फिल्म इंडस्ट्रीको लागि यो हफ्ता एउटा खराब सपना जस्तै रहेको छ । बलिउडले बुधबारमात्रै एक चर्चित अभिनेता इरफान खान लाई गुमाएको थियो भने आज बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *