कात्तिक १३ गते सार्वजनिक विदा
कात्तिक ७, २०७६ । सरकारले कात्तिक १३ गतेका लागि सार्वजनिक विदा दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेवार समुदायको भाइटिका (किजापूजा)को लागि कात्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभएको छ ।
सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो। सरकारले किजा पूजाको अवसरमा १३ गते बुधबार सबै सरकारी कार्यालय, सार्वजनिक निकायलगायत संघसंस्थालाई सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।