काठमाडौं–तराई द्रुत मार्गको काम नरोक्न सरकारलाई निर्देशन
जेठ १५, २०७६ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तत्काल स्वीकृत गरी काम नरोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको बैठकले द्रुत मार्ग निर्माणको कामलाई निरन्तरता दिन निर्देशन दिएको हो । पुरानो डिपीआर अस्वीकृत भएपछि नया“ बनाइएको डिपीआर अहिले मन्त्रिपरिषदमा अड्किएको छ ।
निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले अहिले पुरानै डिपीआर अनुसार काम गरिरहरेको छ । पुरानो डिपीआर अनुसार एक ठाउ“मा मात्र सुरुङ निर्माण गर्नुपर्ने भएपनि नयाँ डिपीआरमा तीन ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने उल्लेख छ ।
यस्तै द्रुतमार्गमा पर्ने खोकना सिकाली चउर लगायत स्थानको मुआब्जा विवाद तत्काल टुङ्ग्याउन पनि समितिले भनेको सभापति दीलकुमारी रावल थापाले जानकारी दिनुभयो ।
समितिले द्रुतमार्ग निर्माणमा भइरहेको प्रगति चुनौति र समस्याका बारेमा सरोकारवाला पक्षलाई बोलाएर आज छलफल गरेको हो । यसअघि पनि प्रतिनिधि सभाको विकास समिति र राज्य व्यवस्था समितिले सो द्रुतमार्गको स्थलगत रुपमा नै अनुगमन गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।