उपनिवार्चन : एमालेबाट तनहुँमा खनाल र चितवनमा न्यौपाने उम्मेदवार

Sharing is caring!

चैत्र १८, २०७९ । नेकपा एमालेले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनाललाई र चितनव क्षेत्र नं २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बारा क्षेत्र नं २ बारे थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् भने चितवनबाट उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *