योग र ध्यान विज्ञानमा आधारित : गृहमन्त्री श्रेष्ठ

Sharing is caring!

पुस २१, २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यान कुनै खास धर्मसँग मात्र सम्बन्धित विषय नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजना गरिएको ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालामा बोल्दै गृहमन्त्री श्रेष्ठले केही धर्मले आत्मसात गरेको भएपनि गृह मन्त्रालयले योग शिविर चलाउँदा धर्मसँग नजोड्ने बताएका हुन् ।

‘योग र ध्यान कुनै धर्मसँग सम्बन्धित कुनै खास धर्मसँग मात्र सम्बन्धित विषय होइन’, श्रेष्ठले भने, ‘यो साइनटिफिक फेलोमेनन हो । धर्महरुमा पनि यो हुन सक्छ । विभिन्न धर्महरुले पनि यसलाई आत्मसात गरेका छन् । तर, हामी गृह मन्त्रालयअन्तर्गत ध्यान शिविर चलाउँदा यसलाई धर्मसँग जोड्दैनौँ ।’

योग शिविर धर्म मान्ने र नमान्ने दुवैको भएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यो शुद्ध विज्ञानमा आधारित रहेको बताए । विज्ञानमा आधारिक योग र शिविरलाई सञ्चालन गर्दै जाँदा जीवन विज्ञानलाई त्यस्तो संस्थाको रुपमा रोजेको बताए ।

उनले भने, ‘यो शिविर हामीले त्यत्तिकै गरिदिउन् त भनेर आयोजना गरेको होइन । गृह मन्त्रालय, नेपाल प्रहरी र सुरक्षा निकायका कर्मचारीलाई असल मान्छे बन्न सहयोग गर्ने यस शिविरको उद्देश्य हो । अनि सुशासनको अभियानलाई पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ । किनभने एउटा असल कर्मचारी र एउटा असल सुरक्षाकर्मीले मात्र सहि र सहज तरिकाले कार्यसम्पादन गर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *