केएमसीमा फिस्टुलाको नि:शुल्क उपचार

Share this news:

जेठ १०, २०८१ । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले यो रोगको जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेर मनाएका हुन् ।

फिस्टुला भएर निको भएका महिलाहरुलाई थप उर्जा दिन र उनीहरुको जीवनस्तर सामान्य बनाउनका लागि अस्पतालले हरेक वर्ष आजकै दिन यो दिवस मनाउँदै आएको गाइनोकेलोजी प्रसुती विभागका प्रमुख सिनियर कन्सल्टेन्ट डाक्टर अरुणा कार्की बताउँछिन् ।

कार्यक्रममा फिस्टुला रोग निको भएका ६ जना महिलालाई खादा माला ओडाएर सम्मान गरिएको थियो । डाक्टर कार्कीका अनुसार फिस्टुला दिवस नेपालमा पनि मनाउनुको खास कारण भनेको काठमाडौँका मानिसहरुलाई मात्रै लक्षीत नगरी दुर दराजका महिला दिदी बहिनीहरुमा जनचेताना फैलाउनु नै मुख्य उदेश्य हो । फिस्टुलाको उपचार सम्भव छ त्यो पनि निशुल्क भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको डाक्टर कार्की बताउँछिन् ।

महिलाको योनीको माथिल्लो भागमा पिसाबको थैली हुन्छ । तल्लो भागमा आन्द्रा हुन्छ । महिलालाई बच्चा जन्माउने व्यथा लाग्दा बच्चाको टाउको योनीमा अएर बस्छ । यसरी बच्चाको टाउको योनीमार्गको तल्लो भागमा धेरै बेरसम्म रहँदा त्यसले पिसाबथैली र दिसाथैली दुवैलाई थिच्छ। केहीगरी व्यथा लामो हुन गई बच्चाको टाउको योनीमार्गमा १२ घन्टाभन्दा बढी रहन गएमा यसले थिचेको भागमा रक्तसञ्चार बन्द गर्छ। त्यस भागको झिल्ली र मासु मर्छ र प्वाल पर्न जान्छ। यसलाई नै फिस्टुला भनिने डाक्टर कार्की बताउँछिन् ।

डाक्टर कार्कीका अनुसार त्यसैले गर्भवती भएको बेलामा नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । काठमाडौँ मोडल हस्पिटलमा फिस्टुलाको निशुल्क उपचार गरिन्छ । यदी फिस्टुला रोगका बिरामीहरु काठमाडौँ मोडल हस्पिटलमा गएर उपचार गर्न चाहृको खण्डमा अस्पतालले जाने आउने खाने बस्नेदेखि बेडचार्जदेखि इन्भेष्टिकेसनसम्मको सबै सुबिधा दिने काठमाडौँ मोडल हस्पिटलका निर्देशक डाक्टर राजेश ध्वज जोशी बताउँछन् ।

काठमाडौँ मोडल हस्पिटलमा मात्रै वर्षेनी करिब ८० जना यो रोगका बिरामीले सेवा लिँदै आएका छन् । कार्यक्रममा हस्पिटलका निर्देशक डाक्टर जोशी, डाक्टर कार्की लगायत फिस्टुलाका बिरामीहरुले पनि आ आफ्नो धारणा राखेका थिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *