राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

Sharing is caring!

माघ ११, २०८० । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकेको छ ।

विहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदाता छन् । निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जनाएको छ । तीमध्ये प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभार छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ छ । निर्वाचनमा जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ ।

कोशीमा मतदाता ३६७ र मतभार १०१३५, मधेशमा ३७४, १०७४४, वाग्मतीमा ३४७, १०३३३, गण्डकीमा २३०, ६४१०, लुम्बिनीमा ३०५, ८७५३, कर्णालीमा १९६, ५०८४, सुदूरपश्चिममा २२८ मतदाता र मतभार ६१०० छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *