एमाले संसदीय दलको बैठक बस्दै

Share this news:

जेठ १९, २०८१ । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ ।

त्यस्तै, र्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *