एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने

Sharing is caring!

पुस २०, २०८० । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले २३ गते राष्ट्रियसभाका लागि प्रारम्भिक छलफल गरी १९ वटै सिटका लागि उम्मेद्वारी दर्ताको तयारी गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘आज राष्ट्रियसभाका उम्मेदवारको बिषयमा हामीले प्रारम्भिक छलफल गरेका छौं । २३ गते १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण भएको छ । १९ वटै ठाउँमा उम्मेद्वारी दर्ताको तयारी गरेका छौं ।’

एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको महासचिव पाखरेलले जानकारी दिए ।

उनले भने, ‘५ वटा प्रदेशका अध्यक्षहरु आफ्नो जिम्मेवारीबाट बाहिरिनु भएको छ, उहाँहरुलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छौं ।’

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको उनले जानकारी दिए ।

यस्तै, झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *