प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत जाँदै

Sharing is caring!

असोज ११, २०८० । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् ।

बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *