एकै परिवारका तीनजना घरभित्रै मृत भेटिए

Share this news:

मंसिर ७, २०८० । धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका–१ निगालेका ३६ वर्षीय टीकाराम गुरुङ, उनकी ३६ वर्षीया श्रीमती भीमा र १० वर्षका छोरा मृत अवस्थामा फेला परेका हुन् ।

तीनैजना आफ्नो घरभित्र मृत भेटिएका हुन् । टीकाराम दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । अरु दुईजना खाटमै मृत भेटिएको प्रहरीले जनाएको छ । उनकी ६ वर्षीया छोरी आशिका भने सकुशल छिन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट टीकारामले श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेको अनुमान गरिएको छ ।

श्रीमान श्रीमतीबीच झगडाका कारण घटना भएको हुन सक्ने उल्लेख गर्दै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

छरछिमेक, आफन्त र गाउँलेसँग सोधपुछ गरी घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा छिमेकीले गुरुङ दम्पतिबीच बुधबार राति विवाद र झगडा भएको बताएको प्रहरीले उल्लेख गरेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *