राजनीतिक निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई

Sharing is caring!

फागुन २१, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

सोमबार विहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निर्णयहरू लिने अधिकार सभापतिलाई दिएको हो ।

बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा भइरहेका बेला आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाका सभापति लामिछानेसहितसँग चरणबद्ध वार्ता गरेका थिए ।

‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल भयो, त्यसपछि फरक राजनीतिक समीकरणको पनि सम्भावना नहुने भन्ने हुदैन,’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *