माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

Sharing is caring!

माघ २८, २०८० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभागृहमा जारी छ ।
पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुप्पकमल दाहाल समक्ष प्रस्तुत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *