राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

Sharing is caring!

फागुन २१, २०८० । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्थाबमोजिम २० जना सदस्यको पदावधि आइतबार सकिएको छ ।

तीमध्ये १९ पदमा गएको माघ ११ गतेनै निर्वाचन भएको थियो भने एक पदमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्न बाँकी छ ।

७ प्रदेशबाट निर्वाचित भएका १९ सांसदहरुको भने सोमबार विहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शपथग्रहण गराउने कार्यक्रम रहेको छ । नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले शपथग्रहण गराउनेछिन् । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भने गएराति बाटै पदावधि सकिएको छ ।

माघ ११ को निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रुकमिणी कोइराला र कृष्णप्रसाद सिटौला, मधेश प्रदेशबाट पूजा चौधरी र आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट विष्णुदेवी पुडासैनी, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी र जितजगं बस्नेत, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ, लुम्बिनी प्रदेशबाट विष्ण्कुमारी सापकोटा र झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकाया, सुदुरपश्चिम प्रदेशबाट रेनु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा निर्वाचित भएका थिए ।

शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरूसहित राष्ट्रिय सभा बैठक दिउँसो १ः १७ बजे बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *