सोमबार नेप्से ८.९० अंकले बढ्यो

Share this news:

जेठ २८, २०८१ । साताको दोस्रो दिन सेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ ।

यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर कारोबार भएको थियो । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो ।

सोमबार १३ मध्ये ७ उपसूचक बढेका छन् भने ६ वटा घटेका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा बढेका छन् । १७६ कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक जलविद्युत २ र निर्जीवन बीमा १.२८ प्रतिशतले बढेका छन् ।

कुथेली बुखारी साना जलविद्युत र त्रिशूली जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट नै लागेको छ । पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर पनि सर्किटस्तरमा बढेको छ ।

घट्नेमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसमूह छन् । म्युचुअल फण्ड ३.७४ र व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ । सेयरमूल्य घटेका ६१ कम्पनीमध्ये जानकी फाइनान्सका लगानीकर्ता ८.६७ प्रतिशत नोक्सानमा छन् । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रचर सोमबार पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदीमर्दीको १२ करोड ४४ लाखको सेयर किनबेच भएको छ ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *