ओरालो लाग्यो सेयर बजार, पाँच अर्ब २९ करोडको कारोबार

Sharing is caring!

माघ १७, २०८० । साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज २१.६७ अंकले घटेको छ ।

बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।
१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आर कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो ।

बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ । हिजो परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) पुग्दा सेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *