एसईई नतिजा आज प्रकाशन हुने

Share this news:


असार १३, २०८१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्न आँटेको छ ।
बोर्डको अन्तिम बैठक बसेर बिहीबार नतिजा प्रकाशन गर्ने निर्णय गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए ।

यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।

नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।

यसरी हेर्नुहोस् एसईईको नतिजा :

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *